नियम १८
शिक्षामा सूचना प्रविधिको प्रयोग
: (१) नेपाल सरकारले सूचना प्रविधिका माध्यम, प्रणाली वा तरिकाको अवलम्बन गरी दृष्टिविहीन, बहिरा, सुस्त श्रवण, श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिलाई शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनेछ ।
(२) उपनियम (१) बमोजिम अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा पहुँच सहज बनाउन नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी आवश्यक विशेष सफ्टवेयर सहितको कम्प्युटर वा उपकरण उपलब्ध गराउने वा अडियो, ब्रेल, सरल भाषा तथा चित्रात्मक, ठूलो छापा, भिडियो, साङ्केतिक भाषा लगायतका ढाँचामा शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।